मुख्य समाचारराजनीति
फरार अभियुक्तलाइ पार्टी प्रवेश, उपप्रधानमन्त्रीबाट नै माला र अबीर

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले फरार सूचीमा रहेका व्यक्तिलाइ फूलमाला र अबीर लगाइदिएर पार्टीमा गराउनु भएको छ ।
विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकिएका छिन्नमस्ता गाउँपालिका सखडाका रामनारायण यादवलाई हिजो पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।
सो क्रममा सहरी विकासमन्त्री प्रभु साह, कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोलगायतको सहभागीता रहेको थियो ।