प्रदेश ४राजनीति

नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन गरियो : देव गुरुङ

मुलुक फाँसीवादको दिशातर्फ जाँदै

पोखरा : नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन भएको बताएका छन् । नेकपाको दाहाल–नेपाल पक्षले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका स्थायी समिति सदस्य गुरुङ यस्तो बताउनु भएको हो ।

उक्त पत्रकार सम्मेलनमा गुरुङले मुलुक फाँसीवादको दिशातर्फ जाँदै गरेको र संसद् विघटन प्रधानमन्त्रीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी, फाँसीवादी चिन्तनको उपज भएको बताउनु भयो । त्यो चिन्तनलाई विदेशी शक्तिकेन्द्रले क्यास गरेको समेत बताउनु भयो । तानाशाही र फाँसीवादी चिन्तन फेला पारेपछि साम्राज्यवादीलाई ‘फुटाउ र शासन’ गर्नका निम्ति ढुंगा खोज्दा देउता फेला परेको छ उहाँले बताउनु भयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button