मुख्य समाचार

एकदिने भ्रमणको शिलशिलामा चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै छन।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि चीनबाट नेपालमा आइतबार अर्को उच्चस्तरीय भ्रमण हुँदै छ ।

नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रक्षामन्त्री वेईले नेपालको एकदिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो ।

चिनियाँ राष्ट्रपति सीले सन् २०१९ अक्टोबर ९१२–१३० मा नेपाल भ्रमण गरेयता अन्य कुनै पनि उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण हुन सकेको थिएन ।

सीको भ्रमणलगत्तै कोभिड–१९ संक्रमण सुरु भएपछि अन्य मुलुकसँग जस्तै नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमण, द्विपक्षीय कूटनीतिक वार्ता तथा दुईपक्षीय संयन्त्रहरूबीच प्रभावकारी रूपमा काम हुन सकेको छैन ।

आर्थिक, वाणिज्य–व्यापार, डिफेन्स सहकार्य र सहायता, उच्च तहमा भ्रमणको आदानप्रदान आदि सम्पूर्ण काम रोकिएको थियो ।

रक्षामन्त्री वेईको आइतबार हुने भ्रमणले कोभिड–१९ का कारण रोकिएका कामहरूलाई फेरि गति दिने र दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने परराष्ट्र विज्ञ तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाको ठम्याइ छ ।

‘नेपालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भयो, त्यसलगत्तै कोभिड–१९ को मार अन्य मुलुकले जस्तै नेपाल र चीन दुवै मुलुकले खेप्नुपर्‍यो । अब यो भ्रमणले कोभिड–१९ पछिको सहकार्यलाई अघि बढाउन मद्दत गर्छ भन्ने लाग्छ,’ उनले भने ।

कूटनीतिक जानकार दिनेश भट्टराईले रक्षामन्त्री वेई राष्ट्रपति सीपछिका महत्त्वपूर्ण सदस्य भएकाले उनको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने बत ाए ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले पनि यो भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप बढावा दिने बताए ।

कोभिड–१९ का कारण स्थगित भएका सैन्य सहयोग, सहायता र सहकार्यहरूलाई अघि बढाउन मद्दत गर्ने उनको विश्वास छ ।

भूराजनीतिक जानकार तथा प्राध्यापक श्रीधर खत्रीले चीनका रक्षामन्त्री वेईको भ्रमण दुई मुलुकका साथै क्षेत्रीय सुरक्षामा पनि केन्द्रित हुन सक्ने बताए ।

उनले रक्षामन्त्री नै भ्रमणमा आउनुले यो क्षेत्रको सुरक्षालाई पनि जोड दिएको देखिन्छ ।

खत्रीले पछिल्लो समय यो क्षेत्रमा अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति र त्यसपछि अमेरिका र भारतको सहकार्यर्लाई चीनले नजिकबाट हेरेको बताए ।

ती विषयहरूलाई पनि चीनका रक्षामन्त्रीको भ्रमणले सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

 

चीन र भारतबाट हुणे उच्चस्तरिय भ्रमणबाट नेपालले सहकार्यको मौका पाऊनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button