समाज

पहिरोले घर पुरिंदा एकै परिवारका ५ जनाको मृत्यु

स्याङ्गजा– अविरल वर्षासँगैको पहिरोले स्याङजाको वालिङ १४ स्थित माया नेपालीको घर पुरिदाँ एकै परिवार ५ जनाको निधन भएको छ। पाँचजना अझै वेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। १ जना बालिकाको भने उद्दार गरी वालिङस्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पोखरा ल्याउने तयारी गरिएको स्थानीयबासीले जनाएका छन्।  

घरभन्दा माथिबाट झरेको पहिरोले घर पुरिएको हो। पहिलो निकै ठूलो भएकोले उद्दार गर्न कठिनाई भएको स्थानीय स्याङजा वालिङ नगरपालिका–१४ का वडासदस्य गमप्रसाद लुइँेलले जानकारी दिए। उनका अनुसार ६० वर्षिय सानु नेपाली, ४८ वर्षिय माया नेपाली, ३४ वर्षिय दिपक नेपाली, २८ वर्षिय कुलदिप नेपाली तथा रुपा नेपालीको शव निकालिएको छ। अझै पाँचजना पहिरोमै बेपत्ता रहेको उनको भनाइ थियो। १० वर्षिय बालिका मनिषा नेपालीको जिवित्तै उद्दार गरिएको छ। रुपा नेपाली पाहुना बन्न घरमा आएको स्थानीयबासीले सुनाए।  

पहिरो विहान साढे पाँच बजे झरेको थियो। पहिरो झर्ने वित्तिकै वडा सदस्यसहित गाउँले उद्दारको लागि जुटेका थिए। ‘पहिरो झरेपछि उद्दारमा आयौं। भित्रबाट गुहार–गुहार भन्दै आवाज पनि आएको थियो’उनले भने–‘तर पहिरो ठूलो भएकोले उद्दार गर्न सकिएन्। परिवार नै पहिरोमा पुरियो।’  

घरमाथि बाटो छ। बाटो भन्दा माथिबाट पहिरो झरेको हो। बेला बेलामा पहिरो जादाँ बाटोलाई डोजर लगाई सफाई गर्दै आइएको छ। ‘साना तिना पहिरो आउँदा बाटो अवरुद्ध हुदैं आएको थियो। डोजरले बाटो खुलाउन सफा गर्दै आउथ्यौं।’ वडासदस्य लुईटेलले बताए। पहिरो सडक भन्दामाथिबाट झर्दा आकार ठूलो लिएको थियो। सदस्य लुईटेलका अनुसार परिवार विहान उठेपनि निस्कन नपाउँदै पहिरोले लपेटेको थियो। ‘तुरुन्तै उद्दार गर्न नसक्दा बढी क्षति हुन पुग्यो।’ उनले थक थक गरे।  

आफू उदारमाआउँदै गर्दा प्रहरी प्रशासनलाई खबर गरिएको सुनाए। झरी परेकै कारण उद्दार सहज भएको छैन्। प्रहरीको सहयोगमा वेपत्तामध्ये ५ जनाको शव निकालि मुचुल्का उठाइएको छ। ‘बाहिर घर बाहिर सुत भनेर समेत भनेका थियौं’ उनले थपे–‘सबै भित्रै सुतेका रहेछन्। उठिसकेको भए पनि पहिरो जादाँ घरभित्रबाट निस्कनै भ्याएनन्।’ परिवार मध्ये माइलो छोरा भने भारतको मुम्बईमा छ। परिवारको जेठो, माइलो र कान्छो छोरासहित बुहारी तथा बालबालिका पहिरोमा पुरिएको वडा सदस्य लुईटेलले बताए।

Related Articles

Back to top button