प्रदेश ५
बाह्रबिसेस्थित पहिरो प्रभावित क्षेत्र पुगे सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितहरुलाई भेट्न आइतबार बिहानै प्रभावित क्षेत्र पुगेका छन्।
स्थलमार्ग हुँदै उनी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका हुन्।
पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी पाएपछी सभामुख बिहानै त्यसतर्फ लागेका थिए।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने भन्छन्, ‘पहिरोले क्षति भएको जानकारी आयो। त्यसपछी सभामुख ज्यु तत्कालै प्रभावित क्षेत्र हिँड्नु भएको हो।’