विश्व

भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था, संक्रमणको सूचीमा दोश्रो स्थानमा

काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगेको छ । भारत विश्वमै संक्रमणमा दोस्रो स्थानमा पुगेको छ । 

आइतबार ९१ हजार ७२३ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए । 

यसअघि शुक्रबार सबैभन्दा बढी भारतमै ८७ हजार ११५ जना संक्रमित देखिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेका छन् । 

हाल ८ लाख ८२ हजार ९५५ जना संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । आइतबार ६९ हजार ६२४ जनालाई निको भएको छ । 

शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । हालसम्म ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् । 

आइतबार १ हजार ८ जनाको ज्यान गएको छ । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७१ हजार ६८७ पुगेको छ । 

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा शनिबार ९० हजार १७७ वटा परीक्षण भएकामा २२ हजार ३५०० संक्रमित थपिए । ३२८ जनाको ज्यान गयो । अहिलेसम्म त्यहाँ २६ हजार ६०४ जनाको ज्यान गइसकेको छ ।

 आइतबार सबैभन्दा बढी संक्रमित अमेरिकामा ३१ हजार संक्रमित थपिएर कुल संक्रमितको संख्या ६४ लाख ६० हजार २१३ पुगेको छ । मृतक ४३२ थपिएर १ लाख ९३ हजार २५० पुगेको छ । अमेरिकामा २५ लाख ४१ हजार सक्रिय संक्रमित रहेका छन् । 

तेस्रो स्थानमा झरेको ब्रजिलमा आइतबार १४ हजार ६०६ जनामात्र संक्रमित थपिए । शनिबार ३१ हजार १९९ संक्रमित थपिएका थिए । कुल संक्रमित ४१ लाख ३७ हजार ६०६ पुगेका छन् । 

विश्वभर हाल २ करोड ७२ लाख ८३ हजार संक्रमित छन् । ८ लाख ८७ हजार भन्दा बढीको ज्यान गएको छ । १ करोड ९३ लाख ६७ हजारलाई निको भएको छ । 

Related Articles

Back to top button